सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरू पक्राउ

बिहीबार, २१ वैशाख २०८०, २० : ४९
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूलाई बिहीबार झापा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खेगेन्द्र प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका २ का ५४ वर्षीय अशोक कुमार थापा, हल्दीबारी गाउँपालिका ५ का २५ वर्षीय धिरेन लिम्बु भन्ने धिरेन फागो, सोही ठाउँका ३५ वर्षीय प्रेम राई, २० वर्षीय सन्तोष राई, २१ वर्षीय अर्जुन लिम्बु भन्ने अर्जुन सावाँ, ४० वर्षीय मानक लिम्बु भन्ने मान कुमार फागो र दमक नगरपालिका  ३ का ४ वर्षीय गणेश राना मगर रहेका छन् । 

उनीहरूलाई अदालतको फैसला कार्यान्वयन गर्न झापा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनामध्ये ५ जनालाई जरिवाना तिराई छाडिएको छ भने एक जनालाई कारागार पठाइएको छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप