आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा झडप : छ सैनिक र तीन आतङ्ककारीको मृत्यु

बिहीबार, २१ वैशाख २०८०, २२ : १५
बिहीबार, २१ वैशाख २०८०

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा छ सैनिक र तीन आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानको दिर्दुनी क्षेत्रमा सुरक्षा बल र आतङ्ककारीबीच गोली हानाहान भएको हो ।

सेनाले तीन आतङ्ककारीलाई घटनास्थलमै मारेको र अन्य दुई जना घाइते भएको आईएसपीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त क्षेत्रमा रहेका हुनसक्ने आतङ्ककारी लडाकूको खोजीका लागि उक्त क्षेत्रलाई प्रहरीले घेरा हाली खोजी सुरु गरेको विज्ञप्तिमा जनाइएको छ ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप