सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

शुक्रबार, २२ वैशाख २०८०, १३ : ५१
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

 हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । तर, सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ । 

घटनाको यथार्थ जानकारी प्राप्त नभइसकेको अवस्थामा सुरक्षाकर्मी उद्धारकर्मी घटनास्थलमा जाँदै गरेको जानकारी प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप