सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेलिकप्टर दुर्घटनामा पाइलट र एक स्थानीय घाइते

शुक्रबार, २२ वैशाख २०८०, १४ : २८
शुक्रबार, २२ वैशाख २०८०

विराटनगर । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् । 

पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनाग्रस्त भएको थियो । 

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । उद्धारका लागि नेपाल आर्मी र प्रहरी पुगिसकेको प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप