आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

शुक्रबार, २२ वैशाख २०८०, १४ : ३६
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।

बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत गरेका हुन् । राजीनामा स्वीकृत भएको पत्र प्राप्त भएको प्रहरी प्रवक्ता (डिआईजी) कुबेर कडायतले रातोपाटीलाई जानकारी दिए ।

बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा छुटेका तिम्सिना मेरिट लिस्टको २० औं नम्बरमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप