सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित दुईजना महिला पक्राउ

शुक्रबार, २२ वैशाख २०८०, १४ : ५१
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । लागुऔषधसहित दुईजना महिला पक्राउ  परेका छन् । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ७६ ग्राम ३४० मिलि ग्रामसहित उनीहरु पक्राउ परेका हुन् । 

झापाबाट एयरको जहाजमा काठमाडौँ आउन लागेका उनीहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीय सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीय सन्ध्या श्रेष्ठ रहेका छन् । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप