आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सडकमा साकेला नाचेर कोशी नामकरणको विरोध, तस्बिरहरु

सडकमा साकेला नाचेर कोशी नामकरणको विरोध, तस्बिरहरु

शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । काठमाडौँमा साकेला नाचेर कोशी प्रदेशको नामकरणको विरोध गरिएको छ । उभौली पर्वको अवसरमा किरात समुदायले सडकमै साकेला नाचेर कोशी नामकरणको विरोध गरेका हुन् । 

साकेला नाच किरात समुदायले उधौली, उभौलीलगायतका विभिन्न चाडपर्वमा नाच्ने गर्दछन् । प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि विरोध हुँदै आएको छ । काठमाडौँको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित प्रदेश नामकरणको विरोध गरेका हुन् । सबैले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्डपनि प्रदर्शन गरेका थिए । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उभौली पर्व मनाइएको बताए । कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्न उनले माग गरे ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया