सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घुस लिन काठमाडौँका आएका प्रहरीका सई पक्राउ

शुक्रबार, २२ वैशाख २०८०, १७ : ३९
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । घुस लिन महोत्तरीदेखि काठमाडौँ आइपुगेका प्रहरीका एक सई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सई विनोद विष्टलाई बुधबार पक्राउ गरेको हो । 

उनको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र १ लाख रुपैयाँ चेक बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत विष्टले भवन निर्माणसम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो । 

सोही घुस लिन उनी महोत्तरीदेखि आएकामा बानेश्वरबाट पक्राउ परेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप