आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सरकारबारे निर्णय लिन रास्वपा केन्द्रीय समिति बैठक जारी

शुक्रबार, २२ वैशाख २०८०, १७ : ४३
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो । 

बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप