आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

शुक्रबार, २२ वैशाख २०८०, १८ : ४५
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता महतले नागरिकलाई अमेरिका लैजाने भनेर नक्कली भुटानी शरणार्थी बनाउने कुरा जघन्य अपराध भएको बताए ।

‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ। यसमा को-को संलग्न छन् ? कसरी संलग्न भए ?’, महतले भने, ‘अनुसन्धान गर्ने निकायले बाहिर ल्याउला, त्यसको न्याय निरुपण होला । जो जो सहभागी छन्, उनीहरुको सजायको दायरामा आउनुपर्छ, आउँछन्।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांगे्रसकै नेताहरुको संलग्नता भएपनि गलत काम गरेको भए कानुनी कठघरामा आउने उनको भनाइ छ ।

उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप