सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वर नगरपालिकामा वडाअध्यक्षसहित ८ जना जुवाखालबाट पक्राउ

शुक्रबार, २२ वैशाख २०८०, २१ : ०३
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ का वडाअध्यक्ष मुरारि प्रसाद कुँइकेललाई प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ । 

वडा अध्यक्ष कुँइकेल सहित ८ जनालाई गोकर्णेश्वर नगरपालिका–३ स्थित सुन्ताखानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले   जनाएको छ । 

पक्राउ पर्नेमा ६७ वर्षीय अभिमन्यु थापा, ५० वर्षीय प्रकाश भण्डारी, ४३ वर्षीय श्याम ढकाल, ७० वर्षीय मुकुन्द कुँइकेल, ६८ वर्षीय ठाकुर गौतम र ५६ वर्षीय रामेश्वर कुँइकेल लगायत छन् ।

सुन्ताखानस्थित अभिमन्यु थापाको घरमा संचालित जुवा खालबाट प्र्रहरीले ५९ हजार ३ सय नगद बरामद गरेको छ । घटनास्थलबाट ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीहरु विरुद्ध प्रहरी वृत्त बौद्धले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप