आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गजल

गजल : कुरा यादका नगर्ने

शनिबार, २३ वैशाख २०८०, ०६ : ५१
शनिबार, २३ वैशाख २०८०

भुलेर पनि तिमीसँग कुरा यादका नगर्ने भो ।
सम्झेर पनि तिमीसँग कुरा रातका नगर्ने भो ।

अहो ! अतीत  पनि बिझाउँछ कहिलेकाहीँ त, 
अब के छ र फाइदा, कुरा साथका नगर्ने भो । 

तारिफ तिम्रो कति गरूँ सधैँ सधैँ एकतर्फी म, 
इसारामा समातेका कुरा हातका नगर्ने भो । 

आखिर एक्लै एक्लै जिउनु पर्छ सुख दुःख यहाँ,
सँगै मर्ने सँगै बाँच्ने कुरा बातका नगर्ने भो । 

सुन्दरहरैँचा, मोरङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिराम दाहाल
मणिराम दाहाल
लेखकबाट थप