आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजा चार्ल्स तृतीयको राज्याभिषेक आज

शनिबार, २३ वैशाख २०८०, ०८ : ५२
शनिबार, २३ वैशाख २०८०

लण्डन । बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन्।

वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन् । तर, राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् ।

राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रबार अमेरिकाबाट यहाँ आइपुगेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप