युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको निन्दा
शनिबार, २३ वैशाख २०८०, १५ : २३
अबु धाबी । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ । उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।
परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ।
साथै शान्ति र स्थिरतलाई कमजोर तुल्याउने हरेक प्रकारका हिंसा र आतङ्कवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।-(रासस-एएनआई/वाम)