सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारु रुपैयाँसहित दुई जना पक्राउ

शनिबार, २३ वैशाख २०८०, १५ : ४२
शनिबार, २३ वैशाख २०८०

विराटनगर ।  विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूकाे साथबाट ८ किलाे चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

काे २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप