सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गीतः कथाहरूभित्र

शनिबार, २३ वैशाख २०८०, १६ : ११
शनिबार, २३ वैशाख २०८०

अनेकौं प्रेमिका कथाहरुभित्र हाम्रो पनि बास हुनुपर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनाश हुनुपर्छ ।

छुटेर नछुट्ने, टुटेर नटुट्ने साह्रै नै खास हुनुपर्छ 
रोक्ने छेक्ने सारा बन्धनहरु सबै सर्वनाश हुनुपर्छ ।

सुनौलो अक्षरहरुमा हाम्रो कहानी अँटाउनु पर्छ
आकस्मिक मनमुटाव आपसमै बसेर मेटाउनु पर्छ ।

तिमी नै हौ मेरो मन मुटुको साथी, थाहा पाउनु पर्छ
सम्झनु, अनेकौभित्र सुहाउने लायक हामीले बनाउनु पर्छ ।

तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनाश हुनुपर्छ
छुटेर नछुट्ने, टुटेर नटुट्ने साह्रै नै खास हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल श्रेष्ठ
विशाल श्रेष्ठ
लेखकबाट थप