आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रथम मेयर कप खुला कराते : आयुश र विना सर्वोत्कृष्ट

भृकुटी डाेजाे टिम च्याम्पियन
शनिबार, २३ वैशाख २०८०, १८ : २१
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ  । भृकुटी डाेजाेका आयुश थापा र अरनिकाे माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । 

काठमाडौँमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि ताैलसमूहकाे फाइनलमा आयुशले बालवाटिका डाेजाेका साेहन तामाङलाई पराजित गरे । याे स्पर्धामा ताेयाेकान वादाेरियाेका निशान तामाङ र सरस्वती डाेजाेकी राेशन राईले कांस्य जिते ।

महिलातर्फ विनुले २५ केजीमूनि ताैलसमूहकाे फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जितिन् । ताेयाेकान नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डाेजाेकी प्रसन्ध्या कार्कीले कांस्य जिते ।

प्रतियोगितामा भृकुटी डाेजाे टिम च्याम्पियनसमेत बनेको छ । उसले ७ स्वर्ण, २ रजत र ७ कांस्य जित्यो । 

च्याम्पियन मार्शल आर्टले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित दोस्रो हुँदा ३ स्वर्ण र २ कांस्य जितेको थैव डाेजाे तेस्रो भयो । 

काठमाडौँ मनासलु वर्ल्ड स्कुलमा आयोजित प्रतियोगितामा ३० डाेजाे र केहि जिल्लासमेत गरी ३६५ खेलाडीकाे सहभागिता थियो । महिला र पुरुष दुवै विधामा ८ ताैलसमूह, खुला र काता गरी १०-१० स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । 

काठमाडौँ महानगरपालिकाको प्रायोजनमा नेपाल गाेजुरियाे कराते संघकाे आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ २५ केजीमूनि ताैलसमूहमा भृकुटी डाेजाेका आयुश अधिकारी, ३० केजीमूनि ताैलसमूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमूनि ताैलसमूहमा थैवका आशिष तामाङ, ४० केजीमूनि ताैलसमूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जिते ।

त्यस्तै ४५ केजीमूनि ताैलसमूहमा च्याम्पियन मार्शल आर्टका दिवश ढकाल, ५० केजीमूनि ताैलसमूहमा बालबालिका डाेजाेका बुद्ध माेक्तान, ५५ केजीमूनि ताैलसमूहमा भृकुटी डाेजाेका निशान घले र ६० केजीमूनि ताैलसमूहमा नेपाल हायासी हा का लिजन साउदले स्वर्ण पदक जिते ।

पुरुषकै खुलातर्फ च्याम्पियन मार्शल आर्टका राजीव खड्काले आफ्नै डाेजाेका अनिल बरामलाई पराजित गरी स्वर्ण जिते । बालबालिका डाेजाेका अमिर श्रेष्ठ र सरस्वती दोजोका आशिष सेन्चुरीले कांस्य जिते । 

कातातर्फ थैव डाेजाेका अन्जन एस्माली मगरले स्वर्ण पदक जिते । मनासलु वर्ल्ड स्कुलका राजन खत्रीले रजत तथा भृकुटी डाेजाेका वाङचुक शेर्पा र नेपाल हायासी हा का कृष्ण ऐडीले कांस्य जिते । 

महिलातर्फ २५ केजीमूनि ताैलसमूहमा अरनिकनाे स्कुलकी विना तामाङ, ३० केजीमूनि ताैलसमूहमा थैव डाेजाेकी जमुना घर्तीमगर, ३५ केजीमूनि ताैलसमूहमा भृकुटी डाेजाेकी एलिशा गुरुङ, ४० केजीमूनि ताैलसमूहमा बालबालिका डाेजाेकी सुनिता तामाङले स्वर्ण पदक जितिन् ।

४५ केजीमूनि ताैलसमूहमा च्याम्पियन मार्शल आर्टकी काजल विष्ट, ५० केजीमूनि ताैलसमूहमा सरस्वती डाेजाेकी शर्मिला वाइबा, ५५ केजीमूनि ताैलसमूहमा च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ र ६० केजीमा भृकुटी डाेजाेकी सन्ध्या खनालले स्वर्ण पदक जिते ।

खुलातर्फ बालबालिका डाेजाेकी आरती राईले फाइनलमा कालिका सदनकी सविना तामाङलाई हराएर स्वर्ण जितिन् ।  कातातर्फ भृकुटी डाेजाेकी सुनिता तामाङले स्वर्ण जित्दा नेपाल हायासी हा डाेजाेकी निरुता श्रेष्ठले रजत जितिन् । नागादेस डाेजाेकी मिस्टी श्रेष्ठ र नेपाल हायनसी हा की पूर्णिमा रानामगरले कांस्य जिते । 

विजयी खेलाडी तथा टिमलाई काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतले पुरस्कार वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप