आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीलाई

शनिबार, २३ वैशाख २०८०, २० : ५१
शनिबार, २३ वैशाख २०८०

विराटनगर ।  खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराँते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसहित उपाधि जितेको हो । 

प्रतियोगिताको द्वितीय भारतको दार्जिलिङ भयो । दार्जिलिङले ३ रजत र ३ कांस्य पदक हात पारेको छ । तृतीय भुटान भयो । भुटानले २ रजत र ३ कांस्य पदक जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिलातर्फ सुनसरीका पूजा चौधरी र पुरुषतर्फ  मोरङका सौरव आलेमगर घोषित भए । 

दुईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल,  भारत र भुटानका ९ टिमका २ सय बढी  खेलाडीहरुको सहभागिता रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप