सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सलाहले जिताए लिभरपुललाई

आइतबार, २४ वैशाख २०८०, ०७ : ०९
आइतबार, २४ वैशाख २०८०

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित निकालेको छ । लिभरपुलले शनिबार राति खेलिएको खेलमा ब्रेन्टफोर्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्यो ।

उक्त खेलमा पनि लिभरपुलको जितमा इजिप्सियन खेलाडी मोहमद सलाह नै नायक बने । खेल सुरु भएको १३औं मिनेटमै उनले टोलीका लागि निर्णायक गोल गरेका थिए ।

यसअघि गत बिहीबार भएको फुलहामविरुद्घको खेलमा पनि सलाहकै गोलमा लिभरपुल विजयी बनेको थियो । सलाह लिभरपुलले घरेलु मैदानमा खेलेको पछिल्ला नौ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

लिभरपुलले प्रिमियर लिगको पछिल्लो ६ खेलमा लगातार जित हात पार्दै आएको छ । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा आसिन छ ।

लिभरपुलले यो सिजनमा अब ३ खेलमात्र खेल्न बाँकी छ । ब्रेन्टफोर्ड भने ३५ खेलबाट ५० अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप