आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतबार, २४ वैशाख २०८०, ०७ : ३६
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज अपराह्न ४ बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्नेछ । 

सङ्घीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले  राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी  पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेस गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री डा प्रकाशशरण महतले आव २०८०-८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

newskarkahna-news503790.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप