सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुविच्छाले जित्यो भजहर कप

आइतबार, २४ वैशाख २०८०, १२ : ४४
आइतबार, २४ वैशाख २०८०

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकास्थित लोहरपुरमा भएको तेस्रो भजहर कप फुटबल प्रतियोगिताको उपाधि सुविच्छा कटेजले जितेको छ । 

फाइनलमा बेली युवा क्लबलाई २–० ले हराउँदै सुविच्छाले उपाधि हात पारेको हो । थारुहरुको पर्व भजहरको अवसरमा आयोजना हुँदै आएको भजहर कपको यो तेस्रो संस्करण हो ।

श्री युवा जनहित क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता सुविच्छाले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरेको छ ।

प्रतियोगिताको उपविजेता टोली बेली युवा क्लबले भने ५० हजारan रुपैयाँमा चित्त बुझायो । विजयी टोली र खेलाडीलाई गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पुरस्कार वितरण गरे ।

थारु समुदायको पर्व भजहरमा फुटबल प्रतियोगितासँगै अन्य परम्परागत खेलहरु पनि आयोजना गरिएको जानकारी श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप