आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सनी देओलका छोराले विवाह गर्न लागेकी दृशा को हुन् ?

आइतबार, २४ वैशाख २०८०, १२ : ५७
आइतबार, २४ वैशाख २०८०

बलिउड अभिनेता सनी देओलका जेठो छोरा अभिनेता करण देओलले आफ्नी प्रेमिकासँग विवाह गर्दै छन् । केही दिन अघि इन्गेजमेन्ट गरेका करणको विवाह मिति पनि सार्वजनिक भइसकेको छ ।

करण र दृशा आचार्य पछिल्लो ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । यी दुईले गत फेब्रुअरीमा इन्गेजमेन्ट गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार करण र दृशाको विवाह १६ जूनदेखि १८ जूनसम्म हुनेछ । यसै वर्ष दुबईमा भ्यालेन्टाइन्स डे मनाएपछि यी दुईले १८ फेब्रुअरीमा इन्गेजमेन्ट गरेका थिए । परिवारले यसलाई गोप्य राख्ने निर्णय गरेका थिए ।

दृशा, सुमित आचार्य र चिमु आचार्यकी छोरी हुन् । उनका पिता सुमित बीसीडी ट्राभल युएईका प्रबन्ध निर्देशक हुन् आमा वेडिङ प्लानरका साथै स्टाइलिस्ट हुन् । रिपोर्टका अनुसार दृशा पनि आफ्नी आमासँगै काम गर्छिन् । उनी नेशनल प्रोग्राम म्यानेजर हुन् ।  उनका एक भाइ पनि छन् । उनको नाम रोहन आचार्य हो ।

करणको कुरा गर्ने हो भने उनले आफ्ना बुवाले झैँ बलिउडमा कदम राखिसकेका छन् । उनले सन् २०१९ मा फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यु गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप