आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुवाको राज्याभिषेकमा श्रीमती नलिई किन एक्लै गए राजकुमार ह्यारी ?

आइतबार, २४ वैशाख २०८०, १४ : ५९
आइतबार, २४ वैशाख २०८०

बुवा राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा उनका छोरा तथा ड्युक अफ ससेक्स राजकुमार ह्यारी त समावेश भए तर यति बेला उनी वेस्टमिन्सटर एबेमा आफ्ना दाइभन्दा दुई पङ्क्ति पछाडि बसे । 

अमेरिकामा बसिरहेका राजकुमार ह्यारी शनिवार भएको यो समारोहमा आफ्नी श्रीमती मेगन मर्केल बिना पुग । समारोह सकिए लगत्तै उनी फिर्ता भइहाले ।

बीबीसीका अनुसार राजकुमार ह्यारीलाई समारोहपछि बकिङ्घम प्यालेसको बालकोनीमा उपस्थित हुने कार्यक्रमका लागि निम्तो दिइएको थिएन ।

केही महिना अघि मात्रै राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आएको थियो । यसमा राजपरिवारसँग सम्बन्धित घटनाबारे वर्णन गरिएको छ । त्यसपछि पहिलो पटक राजकुमार ह्यारीलाई सार्वजनिक रूपमा आफ्नो परिवारसँग देखिएको थियो ।

राजकुमार ह्यारी शुक्रवार अमेरिकाबाट बेलायत पुगेका थिए । तर समारोह सकिए लगत्तै उनी एक्लै कारसम्म आए र त्यसमा बसेर हिथ्रो विमानस्थलतर्फ प्रस्थान भए ।

prince harryत्यसको ९० मिनेटपछि राजा चार्ल्स उनकी श्रीमती क्विन क्यामिला पार्कर, शाही परिवारका वर्किङ मेम्बर र प्रिन्स र प्रिन्सेस अफ वेल्स आफ्ना सन्तानसहित बालकोनीमा जम्मा भए ।

राजकुमार ह्यारीकी श्रीमती तथा डचेज अफ ससेक्स राजाको राज्याभिषेक समारोहमा उपस्थित भइनन् । यति बेला उनी लस एन्जलसमा नै बसिन् जहाँ उनको छोरा राजकुमार आर्चीको चौथो जन्मदिन मनाइँदै थियो । 

एक स्रोतले अमेरिकी मिडिया ‘पेज सिक्स’ लाई भनेका थिए, ‘राजकुमार ह्यारीको उद्देश्य कुनै पनि हालतमा छिटोभन्दा छिटो अमेरिका फर्कनु थियो ताकि उनी आफ्नो छोराको जन्मदिन मनाउन सकुन् ।’

राजकुमार ह्यारीसँग अरू को थिए ?

समारोहका बेला राजकुमार ह्यारीले मर्निङ सुट लगाएका थिए । उनको सुटमाथि मेडल लगाइएको थियो । यति बेला उनी आफ्नी कजन राजकुमारी युजिन र उनका श्रीमान् ज्याक ब्रुक्सबैंक सँग तेस्रो पङ्क्तिमा बसेका थिए । उनीसँग उनका काका ड्युक अफ योर्क राजकुमार एन्ड्र्यू पनि बसेका थिए ।

उनीभन्दा दुई पङ्क्ति अघि प्रिन्स र प्रिन्सेस अफ वेल्स बसेका थिए जहाँ उनीहरूसँग उनका सन्तान राजकुमारी शार्लोट र राजकुमार लुई थिए । उनीहरूसँग एडिनबराका ड्युक र डचेज पनि देखिए ।

prince harry1अघिल्लो वर्ष क्विन एलिजाबेथको अन्तिम संस्कारको समयमा एबेमा राजकुमार ह्यारी राजा चार्ल्सको ठिक पछाडि दोस्रो पङ्क्तिमा बसेका थिए ।

राजकुमार ह्यारी समारोहमा एक्लै सहभागी हुने, उनीसँग उनकी श्रीमती आउने छैनन्  भन्ने कुरा पहिले नै थाहा थियो । उनको राजपरिवारमा कुनै सक्रिय भूमिका छैन किनभने अब उनीहरू यसको सदस्य होइनन् । राजकुमार एन्ड्र्यु पनि यस्तै हुन् ।

वास्तवमा राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ को प्रकाशनपछि नै उनको र राजपरिवार सदस्य बीच सम्बन्ध बिग्रिएको थियो ।

यस किताबमा राजपरिवारका सदस्यबीच झगडा र असहमतिबारे विस्तृत विवरण दिइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप