सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

‘झुटो’ नागरिकता लिएर नेपालमा मिठाईको व्यापार, चिकित्सक पनि पक्राउ

३ महिनाको अनुसन्धानपछि खुल्यो पोल
आइतबार, २४ वैशाख २०८०, १८ : ११
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ ।  भारतको उत्तर प्रदेश बलिया जिल्लाको इब्राहिम पट्टीग्राम घर भएका ५५ वर्षीय भरत प्रसाद गुप्ता लामो सयमदेखि नेपालमा छन् । सिरहाको मिर्चैया नगरपालिका–२ स्थायी ठेगाना बताउने भरतले शंखमुलमा ८ तले घर बनाएका छन् । शंखमुलमा उनको मिठाई पसल पनि छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले भरत प्रसाद, उनकी पत्नी ५० वर्षीया ज्ञानमति देवी गुप्ता र छोरा राहुल गुप्तालाई पक्राउ गरेको छ । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले रातोपाटीलाई बताए ।

३० वर्षीय राहुल गुप्ता भरतको छोरा हुन् । राहुल चिकित्सक हुन् । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा अपराध अनुसन्धान कार्यालयले आइतबार १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

३९ वर्षीय गोपाल गुप्ता पनि मिठाई पसल सञ्चालक हुन् । रुपन्देहीको असुरैना घर बताएर नागरिकता लिएका उनलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । ३ महिना लामो अनुसन्धानबाट आरोपीहरुको पहिचान गरिएको एसएसपी डा. केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय राम प्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीय स्नेह लता गुप्ता, ४९ वर्षीय मिना देवी गुप्ता र ५२ वर्षीय राजेक कुमार गुप्ता छन् ।

राजेश कुमार गुप्ताले कलंकीमा  ‘आरती मिठाई पसल’ सञ्चालन गरेका छन् । राजेशले रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ स्थायी ठेगाना उल्लेख गरेर नेपाली नागरिकता लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीहरुले रुपन्देही, बारा र सिरहाबाट नागरिकता लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेकाहरुमध्ये अधिकांशले मिठाई पसल सञ्चालन गरेको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप