आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

आइतबार, २४ वैशाख २०८०, १८ : ३७
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभाको आइतबारदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बैठकमा नेकपा९एमाले०का देवेन्द्र दाहालले नक्कली भुटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग  गरे । झापाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा केही दिनअघि पार्टी अध्यक्षको टोलीलाई लक्षित गरी भएको ढुङ्गामुढाको प्रयासका घटनाको छानबिन  नभएकोमा आलोचना गर्दै उनले प्रतिपक्ष विरुद्धमा सरकार खनिएको आरोप लगाए ।

आर्थिक सङ्कटले मुलुकमा भयावह स्थिति सिर्जना हुन सक्ने भएकाले समयमै सजग र रहन सुझाव दिँदै उनले मुलुकमा खोजी भएको वैकल्पिक शक्तिले जनताका आकाक्षालाई पूरा गर्न नसक्ने ठोकुवा गरे । विपक्षलाई साथमा लिएर जाने भनेको प्रजातन्त्रको सुन्दर पक्ष भएको बताउँदै सदस्य दाहालले अर्थतन्त्र र देशको समग्र समस्या सम्बोधन गर्न प्रतिपक्षसँग बस्ने वातावरण नभएको गुनासो गरे ।

उनले भने, “विधेयक अधिवेशन भए पनि अघिल्लो अधिवेशन त्यतिकै खेरा गयो, कुनै विधेयक पास हुन सकेन । सरकार गठन र फेर बदलमै बित्यो । देशमा गठबन्धनले विकृति ल्यायो । एमाले विरुद्ध गरिएको गठबन्धनले देशलाई अनिर्णय बन्दी बनाइएको छ ।” 

देशको बिग्रदो अर्थतन्त्रलाई सम्बोधन गर्ने खाका ल्याउन वर्तमान सरकारको ल्याकत नरहेको आरोप लगाउँदै नेता दाहालले भने, “जनताको पनि उत्पादनमा भन्दा उपभोगमा मात्र ध्यान गएको छ । सरकार पनि उद्योगधन्दा र रोजगारी सिर्जना गर्नमा सरकार उदासिन छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप