आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी : अध्यक्ष ओली

आइतबार, २४ वैशाख २०८०, १९ : ४४
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन् ।  

बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाए ।   

उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरेपनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनुपर्ने बताए । उनले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जबाफदेही नबनेको आरोप लगाए ।   

अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहिरहनु उचित नरहेको जिकिर गरे । उनले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप