सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

आइतबार, २४ वैशाख २०८०, २० : ४७
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका-१० तेलकट घर भई हाल काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङ रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि पीडितहरुबाट ३१ लाख रुपैयाँ  ठगी गरेको प्रहरीको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप