सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, २४ वैशाख २०८०, २० : ५४
आइतबार, २४ वैशाख २०८०

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर–४ ,रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याँप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मानबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप