सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आजदेखि १६ औं चरणको खेल सुरु

सोमबार, २५ वैशाख २०८०, ०९ : ५२
सोमबार, २५ वैशाख २०८०

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।  

सोमवार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
 

जारी लिगको १५औँ चरणका खेल सम्पन्न हुदाँ फ्रेण्ड्स क्लब १६ अंकसहित १३ औँ स्थानमा छ भने खुमलटार १७ अंकसहित १२औँ स्थानमा छ । यसैगरी दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब आमुने सामुने हुनेछ । सो खेल एन्फा क्लब सातदोबाटोमा हुनेछ  ।
 

जारी लिगमा पुलिस १५ अंकसहित पुच्छरमा छ भने मनाङ मर्स्याङ्दी १९ अंकसहित आठौँ स्थान रहेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप