आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति

सोमबार, २५ वैशाख २०८०, ११ : २१
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा शुरुमै नियमापत्ति जनाएको छ । 

सोमवार बसेको बैठकमा नेकपा एमालले आइतबारको बैठकमा नेपाली काँग्रेसका राष्ट्रिय सभामा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो । 

आइतबार राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर अभिव्यक्ति दिएका थिए । 

 सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । उनले यस्ता शब्दहरूले संसद र सांसद स्वयंको पनि गरिमा घट्ने बताए । 

उनले भने, ‘माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ । त्यसमा नेकपा एमालेको नियमापत्ति छ । हामीले हिजो नियमापत्ति जनाउने सोचेपनि पहिलो दिनको बैठक भएकाले गरेनौँ । उहाँले हिजो पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जड्खेलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ । संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरुको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको छ, संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको छ । त्यसमा व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्नेकुरा गरिएको छ । जड्खेलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूर्ण गरिमा सांसदको गरिमा घट्छ की बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम विरुद्धमा रहेको भए मंगलवारको बैठकमा जानकारी गराउने प्रतिवद्धता जनाए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप