सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यसरी बढ्दैछ टिचिङ अस्पतालमा बिरामीको चाप : तीन वर्षमा १३ लाखको उपचार

बिहीबार, २४ फागुन २०७४, १४ : ०३
बिहीबार, २४ फागुन २०७४

काठमाडौं– धेरै रोगको उपचार गर्ने अस्पतालका रुपमा चिनिन्छ, त्रिवि शिक्षण अस्पताल । टिचिङ अस्पतालका नामबाट चिनिने यो अस्पतालमा सेवा लिन प्रत्येक वर्ष ढेड लाख नयाँ बिरामी थपिने गरेका छन् ।
‘सबै रोगको एकै ठाँउमा उपचार हुने, छिटो र शुल्कसमेत सस्तो हुने भएकाले विरामीको रोजाई टिचिङ परेको हो’ अस्पताल प्रशासक प्रमुख गोविन्द प्रधाले बताए । 

अस्पताल प्रशासनले दिएको तथ्याङ्कमा यो अस्पतालबाट स्वास्थ्य सेवा लिने बिरामीहरुको संङ्ख्या बढ्दो देखिन्छ । तीन आर्थिक वर्षमा यो अस्पतालबाट ५ लाख ६२ हजार ४ सय ३७ नयाँ बिरामीले सेवा लिएका छन् । यस्तै ७ लाख २४ हजार ५ सय ७८ जना पुराना बिरामीले स्वास्थ्य सेवा लिएको पाइएको छ । नयाँ र पुराना बिरामी गरी यो अस्पतालबाट तीन वर्षको अवधिमा १२ लाख ८७ हजार १५ जनाले सेवा लिएका छन् । 

बिरामी  बढेसँगै उपचारको क्रममा मुत्यू हुने बिरामी संङ्ख्या पनि बढ्दै गईरहेको छ । जम्मा बिरामीको सङ्ख्या अनुसार तीन आ. ब मा २.४६, २.१९ ,२.२७ प्रतिशत विभिन्न रोगका बिरामीको मुत्यू भएको छ । 


यस्तै यस अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड,इन्डोस्कोपी,इसिजि,एमआरआई,सिटी स्क्यान गर्ने बिरामीको संङ्ख्या पनि बार्षिक रुपमा बढ्दो छ । 
३५ वर्षदेखि सञ्चालनमा रहेको अस्पतालमा हाल १ हजार ६ सय ५२ जना कर्माचारी कार्यरत छन् ।  

‘रिफर सेन्टर’को रुपमा चिनिने टिचिङ अस्पतालमा जिल्ला अस्पताल तथा केन्द्रकै अन्य अस्पतालमा उपचार सम्भव नभएपछि यहाँ पठाउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 

एउटै बेडमा धेरै बिरामी 
यो अस्पतालमा दैनिक उपचार गर्नेको सङ्ख्या बढ्दै जाँदा आकस्मिक कक्षमा पनि बिरामीको संङख्या बढ्दो क्रममा आउने गरेका छन् । यो कक्षमा हाल २३ वटा वेड राखिएको छ । एउटै बेडमा कम्तिमा पनि २ देखि ३ जनासम्म बिरामीले उपचार गर्दै आईरहेका छन् । आकस्मिक कक्षका लागि सानो भवन भएकाले समस्या भएको प्रमुख प्रधानले बताए । 

प्रधान

उनले नयाँ भवन निर्माण नभएसम्म समस्या समाधान नहुने बताए । आ.ब २०७३÷ ०७४ मा आकस्मिक कक्षमा ५४ हजार ७ सय ४२ जनाले उपचार गराएका थिए ।

भाटभेटीनीले १० तल्ले भवन बनाईदिने  
भाटभेटेनी डिपार्टमेन्टल स्टोर सञ्चालक मिनबहादुर गुरुङले शिक्षण अस्पतालमा नयाँ भवन निर्माण गरिदिने भएका छन् । अब बन्ने नयाँ भवन अत्याधुनिक सुविधा हेलिप्याडसहितको बन्नेछ । भवनको भूईतल्लामा पार्किङको व्यवस्था गरिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप