आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय सञ्चिती कोष २ सय अर्बले घाटामा जानु ‘नट जोक’

सोमबार, २५ वैशाख २०८०, १२ : ४८
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको वर्तमान आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पौडेलले इतिहासमै पहिलोपटक राजश्व सङ्कलन कमजोर स्थितिमा रहेको र सरकार नियमित खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको बताए । 

चालु आर्थिक वर्षको १० महिनासम्ममा बजेटको पुँजीगत खर्च ३० प्रतिशत पनि कट्न नसक्नु निकै विकराल स्थिति रहेको जिकिर गरे । ‘लक्ष्यको ५० प्रतिशत पनि राजस्व सङ्कलन हुन नसक्दा सङ्घीय सञ्चिति कोष २ सय अर्ब (२ खर्ब) बढीले ऋणात्मक जानुले अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको पुष्टि हुन्छ’ पौडेलले भने, ‘नट जोक । यस्तै अवस्था रहे मुलुकको अर्थतन्त्र कोल्याप्सको बाटोमा जाने खतरा देखिन्छ ।

निजी क्षेत्र अहिलेसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ’ उनले भने ।  यी सबै समस्यालाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्ने बताउँदै पूर्व अर्थमन्त्री पौडेलले कर्मकाण्डी शैलीको बजेटको सिद्धान्त र प्राथमिकता आउनु नहुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप