सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्मिता र बलबहादुरले ल्याए ‘सुस्तरी सुस्तरी’

सोमबार, २५ वैशाख २०८०, १३ : २१
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वर रहेको रोमान्टिक गीत ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतका शब्द नविन श्रेष्ठले कोरेका हुन् । 

नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय छ । भिडियोमा नग्मा र प्रवीणको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

दिनेश पराजुलीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको भिडियो जसबहादुर याक्खा (जसु) ले निर्देशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप