आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सोमबार, २५ वैशाख २०८०, १४ : १३
सोमबार, २५ वैशाख २०८०

काठमाडौं । नेकपा एमाले र रास्वपाका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ ।  एमाले र राप्रपाका सांसदहरुले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो । 

बैठकमा विरोध भएपछिसभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।  आइतबारबाट सुरु भएको बजेट अधिवेशन अन्तर्गत आजबाट आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप