सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्सा र बर्दियाबाट लागुऔषधसहित ४ जना पक्राउ

सोमबार, २५ वैशाख २०८०, १७ : ४३
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । पर्सा र बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट अवैध लागुऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुईजनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका–४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलीग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका–३ बस्ने २३ वर्षीय खिम बहादुर विक र सोही ठाउँ  बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप