बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आज यी चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

मङ्गलबार, २६ वैशाख २०८०, ०६ : ०२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक  वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा-हुरीको सम्भावना रहेको छ ।

आज राति  कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप