मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुबै कप्तानले अर्धशतक बनाएको खेलमा कोलकाताले पञ्जाबलाई हरायो

मङ्गलबार, २६ वैशाख २०८०, ०६ : ४६
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको सोमबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई ५ विकेटले हराएको छ । जितसँगै कोलकाता तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

टस जिती पहिलो ब्याटिङ रोजेको पञ्जाबले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

उक्त खेलमा दुबै टोलीका कप्तानले अर्धशतक बनाएका थिए । तर, अन्य ब्याट्सम्यानले साथ नदिएपछि पञ्जाबका कप्तान शिखर धवनको अर्धशतकले टोलीलाई जित दिलाउन सकेन । यसका विपरित अन्य ब्याट्सम्यान पनि राम्ररी चलेपछि कोलाकाताका कप्तान नितेश राणाको अर्धशतकले टोलीलाई जितसम्म पू¥याएको थियो ।

कोलकाताको जितमा कप्तान राणाले ५१ रनको योगदान गरे । उनले ३८ बलको सामना गरी १ छक्का र ६ चौका हिर्काए । कोलकाताका लागि मध्यक्रमका ब्याट्सम्यान आन्द्रे रसेलले पनि ४२ रनको योगदान गरे ।

वेस्ट इन्डिजका ३५ वर्षीय खेलाडी रसेलले आक्रामक ब्याटिङको प्रदर्शन गरे । उनले केवल २३ बलको सामना गरी ३ छक्का र ३ चौका प्रहार गरे । सोही योगदानका कारण उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

ओपनर ब्याट्सम्यान जासन रोयले पनि टोलीको खातामा ३८ रन थपे । इङ्ल्यान्डका प्रभावशाली खेलाडी रोयले २४ बलमा ८ चौका हिर्काए । रिंकु सिंहले १० बलमा १ छक्का र २ चौकाको मद्दतले अविजित २२ रन र ओपनर रहमुल्लाह गुर्बाजले १५ रन जोडे । पञ्जाबका बलर राहुल चाचरले २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान धवनले ५७ रन बनाएका थिए । ओपनर ब्याट्सम्यान धवनले ४७ बलको सामना गरी १ छक्का र ९ चौका पनि हिर्काए । टोलीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

विकेटकिपर ब्याट्सम्यान जितेश शर्माले २१ र मसुद शाहरुख खानले अविजित २१ रन जोडे । ऋषि धवनले १९ रन बनाए । कोलकाताका बलर वरुण चक्रवर्थीले ३ र हर्षित राणाले २ विकेट लिए । नितिश राणा र सुयष शर्माले पनि १÷१ विकेट हात पारे ।

हालसम्म ११ खेल खेलेको कोलकाता १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । ११ खेल खेलेको पञ्जाब भने समान अंक बटुलेर तालिकाको सातौं स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप