सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग : रेलिगेसनबाट जोगिन कमजोर टोलीबीच घम्साघम्सी

मङ्गलबार, २६ वैशाख २०८०, ०७ : २७
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबल उत्तरार्धतर्फ लम्किरहँदा उपाधि यात्रा जति रोमाञ्चक बनेको छ, कमजोर टोलीहरुबीच रेलिगेसनको खतराबाट जोगिन पनि उत्तिनै बढी घम्साघम्सी देखिन्छ ।

आफ्नो पछिल्लो खेलपछि रेलिगेसनको जोखिममा रहेका दुई टोली एभर्टन र नटिङ्घम फरेष्टले केही राहत अनुभव गरेका छन् भने साउथएम्पटन र लेस्टर सिटी झनै दबाबमा परेका छन् ।

साउथएम्पटन र लेस्टर सिटी दुबैले आफ्नो पछिल्लो खेलमा हार ब्यहोरेका छन् । सोमबार राति खेलिएको खेलमा नटिङ्घम फरेष्टले साउथएम्पटनलाई ४—३ गोलले हरायो । अर्को खेलमा फुलहामले लेस्ट सिटीमाथि ५—३ गोलको जित हासिल ग¥यो । सोही राति भएको खेलमा एभर्टनले पनि ब्राइटनमाथि ५—१ गोलको सजिलो जित निकाल्यो ।

जारी सिजनको लिगमा अधिकांश टोलीले अब ३÷३ खेल खेल्न बाँकी रहँदा साउथएम्पटन, लिड्स युनाइटेड, लेस्टर सिटी, एभर्टन र नटिङ्घम फरेष्ट रेलिगेसनको खतरामा छन् । प्रिमियर लिगबाट ३ वटा टोली रेलिगेसनमा पर्ने (तल्लो डिभिजनमा घटुवा हुने) प्रावधान रहेको छ ।

कुल २० टोली सहभागी प्रिमियर लिगमा ३५ खेल खेलेको साउथएम्पटन २४ अंकसहित सबैभन्दा तल छ । समान खेलबाट ३० अंक जोडेको लिड्स युनाइटेड तालिकाको १९औं स्थानमा छ । समान खेलबाट ३० अंक बटुलेको लेस्टर सिटी १८औं स्थानमा आसिन छ ।

यसैगरी ३५ खेलबाट ३२ अंक जोडेको एभर्टन १७औं र समान खेलबाट ३३ अंक हात पारेको नटिङ्घम फरेष्ट १६औं स्थानमा छन् । यी पाँचवटै क्लब यतिबेला रेलिगेसनको जोखिममा छन् । यद्दपि, जारी सिजनमा केवल ३÷३ खेल खेल्न बाँकी रहँदा सबैभन्दा ठुलो जोखिम साउथएम्पटन, लिड्स र लेस्टर सिटीलाई छ ।

साउथएम्पटन आफुले खेलेका पछिल्ला ५ मध्ये ४ खेलमा पराजित भएको छ । यसबीचमा एउटा खेलमा भने साउथएम्पटन बराबरीमा रोकिएको छ । लिड्स युनाइटेड पनि आफुले खेलेका पछिल्ला ५ मध्ये ४ खेलमा पराजित भएको छ । एउटा खेलमा भने लिड्स युनाइटेड पनि बराबरीमा रोकिएको छ ।

लेस्टर सिटीले भने आफुले खेलेका पछिल्ला ५ मध्ये १ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हारको नतिजा निकालेको छ । एभर्टनले पनि पछिल्ला ५ मध्ये १ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हारको नतिजा निकालेको छ । तुलनात्मक रुपमा केही सुरक्षित देखिएको नटिङ्घम फरेष्टले भने पछिल्ला ५ मध्ये २ खेलमा जित र ३ खेलमा हारको नतिजा निकालेको छ ।

जारी सिजनको प्रिमियर लिगमा उपाधि होड पनि रोचक देखिएको छ । तालिकाको पहिलो स्थानमा आसिन म्यानचेस्टर सिटी र दोस्रो स्थानमा आसिन आर्सनलबीच केवल १ अंकको अन्तर छ । यद्दपि, म्यानचेस्टर सिटीले आर्सनलभन्दा १ खेल कम खेलेको छ ।

म्यानचेस्टर सिटीले ३४ खेलबाट ८२ र आर्सनलले ३५ खेलबाट ८१ अंक बटुलेका छन् । म्यानचेस्टर सिटी आफुले खेलेका पछिल्ला ५ वटै खेलमा विजयी भएको छ । आर्सनलले भने पछिल्ला ५ मध्ये २ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको नतिजा निकालेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप