सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

मङ्गलबार, २६ वैशाख २०८०, ०९ : १२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुँदै छन् । दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । 

खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट सुरु हुनेछन् । च्यासलमा ३ बजे सुरु हुने खेलमा सङ्कटा क्लब र रोयल ब्लू सातदोबाटो यूथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने खेलमा थ्री स्टार क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै आज नै दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल यूथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप