आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा चक्रवात ‘मोका’ का लागि चेतावनी जारी

मङ्गलबार, २६ वैशाख २०८०, ०९ : ३४
मङ्गलबार, २६ वैशाख २०८०

भारतीय मौसम विभागले मोका चक्रवातका लागि चेतावनी जारी गरेको छ । विभागका अनुसार बङ्गालको खाडीको माथि बनेको चक्रवात असाध्यै गम्भीर आँधीमा परिवर्तन हुन सक्ने र यसमा हावाको गति १३० किलोमिटर प्रति घण्टा पुग्न सक्छ ।

सोमबार दक्षिण पूर्वी बङ्गालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ । १२ मे को आसपास मोका चक्रवातको बङ्गलादेश र म्यानमारको तटतर्फ बढ्ने अनुमान छ ।

पश्चिम बङ्गालमा मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बङ्गलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ ।

मौसम विभागले पश्चिम बङ्गाल, ओडिशा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ ।

विभागले साना समुद्री जहाज र माछा मार्नेहरूलाई मङ्गलवारदेखि बाहिर ननिस्कन आग्रह गरेको छ । यससँगै मे ८ देखि १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न र नजिकबाट निगरानी राख्न भनिएको छ ।

सोमबार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले एक विज्ञप्ति जारी गर्दै चक्रवातबाट डराउनु पर्ने आवश्यकता नरहेको बताएकी छन् ।

अप्ठ्यारो परेमा तटीय क्षेत्रका जनतालाई उद्धार गरिने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप