आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषिमा लगानी वृद्धि गरेर उत्पादन बढाउनुपर्छ–उपेन्द्र यादव

मङ्गलबार, २६ वैशाख २०८०, १४ : ३९
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कृषि क्षेत्रमा व्यापक लगानी बढाउनेगरी बजेट ल्याउनुपर्ने बताएका छन् । मंगलबार बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा सांसदमा चलिरहेको सांसद बैठकमा बोल्दै यादवले कृषिमा व्यापक लगानी वृद्धि गर्नुपर्ने बताएका हुन् ।

‘कृषिमा लगानी बढाएर उत्पादन बढाउनु नै आजको आवश्यकता हो,’ यादवले भने, ‘कृषि क्षेत्रमा लगानी गरेर खाद्य सुरक्षाको सम्भावना सम्भावनाबाट जोगिन तराईमा कृषि क्रान्ति गर्नुपर्छ ।’ कसो कार्यक्रमको तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरेर अघि बढ्नुपर्ने यादवको भनाई छ ।

यसका लागि पश्चिमा तराईका जिल्लालाई महाकाली र पूर्वी तराईका जिल्लामा कोसीमार्फत सिँचाइ उपलब्ध गराउन समेत यादवले माग गरे । त्यसक्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको ओसारप्रसार गर्न रेल तथा सडक यातायातको गुणस्तर बढाउनुपर्ने यादवले बताए ।

‘बजेटमा प्राथमिकता छुट्याउनुपर्छ । उद्योगको स्थिति खस्कँदै गएको छ’ यादवले भने, ‘भ्रष्टाचार र अनियमितता बढ्दै गइरहेको छ । बेरोजगारीहरूको संख्या बढ्दै गइरहेको छ ।’ यस्तो अवस्थामा अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुने चुनौती बढ्दै गइरहेको यादवको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप