एमाले सचिवालय बैठक सुरु
मङ्गलबार, २६ वैशाख २०८०, १५ : ३३
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
दिउँसो २ बजे बस्ने भनिएपनि बैठक ढिलामात्रै सुरु भएको हो ।
आजको बैठकमा वैशाख २८ बाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । त्यस्तै पार्टी संगठनका विषयमा समेत छलफल र निर्णय हुने नेताहरुको भनाइ छ ।