आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनले लियो बदला, क्यानडाली कूटनीतिज्ञ बर्खास्त

मङ्गलबार, २६ वैशाख २०८०, १५ : ३४
मङ्गलबार, २६ वैशाख २०८०

हङकङ । आफ्नो कूटनीतिज्ञलाई देश निकाला गरेको बदलामा चीनले पनि क्यानडाका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । एक नेतालाई दबाब दिएको भन्दै क्यानडाले सोमबार टोरोन्टोमा रहेका चिनियाँ कूटनीतिज्ञ जाओ वेईलाई देश निकाला गर्ने निर्णय थियो । त्यसको एक दिनपछि चीनले सांघाईमा रहेका क्यानडाली कूटनीतिज्ञलाई हटाउने निर्णय गरेको हो ।

मंगलबार चीनको विदेश मन्त्रालयले वेईमाथि गरिएको कारबाहीको कडा शब्दमा भर्त्सना गर्दै त्यसको बदलामा सांघाईमा रहेको क्यानडाको कन्सुलेटमा कार्यरत जेनिफर लिन लालोन्डेलाई देश निकाला गर्ने निर्णय गरेको जनाएको छ । लालोन्डेलाई मे १३ भित्र देश छाड्न भनिएको छ । दुई देशबीच पछिल्लो समय सम्बन्ध चिसिँदो छ । सन् २०१९ र २०२१ मा क्यानडा भएको चुनावमा चीनले हस्तक्षेप गरेको भन्दै ठुलो आलोचना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप