मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २६ वैशाख २०८०, १५ : ४९
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९०२ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 
मन्त्रालयका अनुसार सोमबार २६ जना संक्रमित निको भएका छन् । हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप