सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुबाट लागुऔषधसहित २ जना पक्राउ

मङ्गलबार, २६ वैशाख २०८०, १७ : १७
मङ्गलबार, २६ वैशाख २०८०

कपिलवस्तु । कपिलवस्तुबाट अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । मंगलबार बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेसजस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुमाथि  थप अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप