सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

बुधबार, २७ वैशाख २०८०, ०७ : ३२
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । 

एउटा खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । 

त्रिपुरेश्वर स्थित रङ्गशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी, ३ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप