सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने

बुधबार, २७ वैशाख २०८०, ११ : ४०
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ को लाग आवेदन माग गरेको छ । विश्व धूम्रपानरहित दिवसका अवसरमा ३१ मे मा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयले सो पुरस्कार प्रदान गर्न लागेको हो ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमनमा योगदान पुर्‍याउने व्यक्ति, सङ्घ–संस्था, कानुन कार्यान्वयन गर्ने निकाय र ती निकायमा कार्यरत कर्मचारी मध्येबाट उत्कृष्ट ६ जनालाई पुस्तकार प्रदान गरिने सचिवालयले जनाएको छ ।

ती निकायमा कार्यरत कर्मचारीबाट आफूले पुर्‍याएको योगदानको विवरणसहित जेठ ५ गते भित्र स्वास्थ्य कर कोषको सचिवालय वा स्वास्थ्य कर कोषको सचिवालयको इमेल ठेगाना  मा आवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप