आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धर्मेन्द्रसँग विवाहबारे हेमा मालिनीले भनिन्, ‘उनीसँग विवाह नगरेको भए, मैले केही हासिल गर्ने थिइनँ’

बुधबार, २७ वैशाख २०८०, १२ : २३
बुधबार, २७ वैशाख २०८०

दिग्गज अभिनेत्री हेमा मालिनीले हालै पति धर्मेन्द्रसँगको वैवाहिक जीवनको ४३ वर्ष पूरा गरेकी छिन् । यसैबीच, अभिनेत्रीले एक अन्तरवार्तामा आफ्नो विवाह बारे कुरा गरेकी छिन् । उनले धर्मेन्द्रसँग विवाह नभएको भए जीवनमा केही हासिल गर्न उनलाई गाह्रो हुने थियो भनेकी छिन् ।

प्रेम त्यस्तो चीज हो जसमा तपाई कसैसँग जोडिनुहुन्छ

बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा हेमाले भनिन्, ‘प्रेम यस्तो चिज हो, जसमा तपाईं कसैसँग जोडिनुहुन्छ । तपाईं कसैलाई मन पराउनुहुन्छ र यसले सधैँ ऊप्रतिको लगाव बढाउँछ । हाम्रो विवाह साधारण मानिसको जस्ता थिएन त्यसैले सायद आज सबै कुरा गर्न सक्षम छु ।’

उनले थपिन्, ‘यदि मेरो विवाह परम्परा अनुसार भएको भए मलाई लाग्छ कि म केही हुन सक्दिनथेँ । आज म जे पनि गरिरहेकी छु – फिल्म, डान्स, विभिन्न स्थानमा जानु, राजनीतिमा संलग्न हुनु – यो सबै कुरा कसरी सम्भव थियो यदि मेरो विवाह पारम्परिक हुन्थ्यो भने ?’

४३ औँ वैवाहिक वर्षगाँठमा हेमाको पोस्ट

विवाहको ४३ औँ वर्षगाँठमा फोटो सेयर गर्दै हेमाले लेखिन्, ‘मेरो विवाहको वर्षगाँठमा बधाई दिने सबैलाई धन्यवाद भन्न चाहन्छु । यो ४३ वर्षको एकता निकै जादुमय यात्रा रह्यो । तपाईंहरुको सबै शुभकामनासहित पछि पनि यो यात्रा जारी रहनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप