आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी कोषमा १ खर्ब ९१ अर्ब नगद मौज्दात, तर वित्तीय खर्च घाटमा

बुधबार, २७ वैशाख २०८०, १२ : ३५
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । केन्द्रीय बैङ्कले चैत मसान्तसम्म सरकारी कोषमा १ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको जनाएको छ । बुधवार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैङ्कले सङ्घीय सरकार र स्थानीय सरकार (प्रदेश सरकार र सबै स्थानीय तहको समेत गरेर) यस्तो रकम मौज्दात रहेको बताएको हो ।  यस्तो नगद मौज्दात २०७९ असार मसान्तसम्ममा २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो ।  

यद्यपि, समीक्षा अवधिमा सङ्घीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार ९ खर्ब ४३ अर्ब ५ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ६ अर्ब ७७ करोड, १ खर्ब ७ अर्ब २४ करोड र १ खर्ब २९ अर्ब ४ करोड रुपैयाँ रहेको बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा सङ्घीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.६८३ अर्ब ८१ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वतर्फ ६७ अर्ब ६९ करोड रुपैयाँ परिचालन भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप