आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान : इमरानको गिरफ्तारीपछि पञ्जाबका धेरै जिल्लाको कानुन व्यवस्था सेनालाई सुम्पिइयो

बुधबार, २७ वैशाख २०८०, १५ : ०७
बुधबार, २७ वैशाख २०८०

पाकिस्तानको पञ्जाब प्रान्तमा स्थिति नियन्त्रण गर्न राज्य सरकारले सेना बोलाउने निर्णय गरेको छ । पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत पञ्जाब राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको हो ।

यस धारामा जिल्ला प्रशासनलाई सहयोग गर्न सेनाको सहयोग लिने व्यवस्था गरिएको छ । पञ्जाब प्रान्तको गृह विभागले सेनाका दश कम्पनी तैनाथ गर्न माग गरेको छ ।

उनीहरूलाई लाहोर, मुल्तान, रावलपिंडी, फैसलावाद र अन्य केही जिल्लाहरूमा तैनाथ गरिने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप